नेपालकै इतिहाँसमा पहिलो पटक महिला पाईलटहरुले उडाए अन्तराष्ट्रिय उडान, मन्त्रीले गरे सम्मान

नेपालकै इतिहाँसमा पहिलो पटक महिला पाईलटहरुले उडाए अन्तराष्ट्रिय उडान, मन्त्रीले गरे सम्मान

  • बुधबार, फाल्गुन २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

फागुण २४ काठमाण्डौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा जहाज बुधबार सबैजना महिला चालक दलका सदस्यले उडाएका छन् ।

शनिबार दुई उडाएर पुगेको यो चालक दलले आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान सफलतापूर्वक अवतरण गराएका थिए । त्यसपछि पर्यटन मन्त्री सुदन किँरातीले विमानस्थल पुगेर सफल उडान भर्ने महिला चालक दलका सदस्यहरुलाई झण्डा हस्तान्तरण गर्दै सम्मान गरेका थिए ।

दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस ए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई गएको थियो ।

पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतले काठमाडौंबाट दुबई लगेको जहाज बुधबार फर्किँदा चालक दलका अन्य सदस्य पनि सबै महिला रहेका छन्।

दुबईबाट काठमाडौंका लागि बुधबार बिहान ४ बजेर ५५ मिनेटमा उडेको जहाजमा चालक दलका सबै सदस्य महिला रहेको निगगमले जनाएको छ।

यो जहाज बुधबार बिहान १०.३५ बजे काठमाडौंमा अवतरण भएको हो। दुईजना पाइलटसँगै यो जहाजमा एयरहोस्टेहरु पुरअन्जक महर्जन, संगीता केसी, बास्ना राना र अनिशा प्रजापति थिए।

बुधबार ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एयरबस सबै महिला चालक दलका सदस्यबाट उडाउने निर्णय लिएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी