एजेन्सी फागुण २२ । विश्वव्यापी सुरक्षा चिन्ता बढीरहेका बेला चीनले रक्षा बजेटमा भारी वृद्धि गरेको छ । सन् २०२३ का लागि चीनले सैन्य खर्चमा ७.२ प्रतिशतले वृद्धि गरेको छ ।
नेसनल पिपल्स काँग्रेसको अधिवेशनमा यो प्रस्ताव पेश गरिएको हो । जस अनुसार अब चीनीया रक्षा खर्च २२४.७९ विलियन डलर पुगेको छ । यो अमेरीका पछि सबै भन्दा ठूलो सैन्य बजेट हो भने भारतको भन्दा तीन गुणा बढी हो ।
अमेरीकासँग संभावित सैन्य तनाव बढीरहेको र ताईवानसँग युद्धको खतरा बढीरहेका बेला चीनले गरेको यो निर्णयलाई महत्वका साथ हेरिएको छ । हाल चीनको सेना विश्वकै सबै भन्दा ठूलो सेना रहेको छ भने चीनसँग विश्वकै शक्तिशाली नेभी फोर्स रहेको छ ।
चीनले सन् २०२७ सम्ममा कुनै पनि युद्ध लड्न र जित्न सक्ने गरी सेनाको आधुनिकीकरण र प्रविधिको विकासमा जोड दिँदै आएको छ ।
चीनको समग्र आर्थिक बृद्धि भने यो वर्षका लागि ५ प्रतिशत कायम गरिएको छ ।