पर्वतका एक युवा केशब, जसले रुस युक्रेन युद्ध रोक्न संसारभर आवाज उठाईरहेका छन्

पर्वतका एक युवा केशब, जसले रुस युक्रेन युद्ध रोक्न संसारभर आवाज उठाईरहेका छन्

  • आइतवार, फाल्गुन २१, २०७९
  • केशव प्रसाद बास्तोला

  • 9.8K
    SHARES

१० वर्षदेखि पोर्चुगलमा बसोबास गरिरहेका पर्वत कुश्माका केशव प्रसाद बास्तोलाले ‘रुस–युक्रेन युद्ध रोक्न माग गरी’ विश्वका शक्तिशाली राष्ट्रप्रमुखलाई निरन्तर पत्राचार गरिरहेका छन् ।

पत्रमा उनले रुस युक्रेन युद्धको प्रभावका कारण विश्वका गरिब जनसमुदायको जीवन–यापनमा गहिरो असर गरेकोले युद्ध तत्काल रोक्न माग गरेका छन् । बास्तोलाले आफूले युद्ध रोक्न माग गरी युरोप, अमेरिका, क्यानडा, बेलायत जर्मन, युरोपिन युनियन, नाटो, डब्लूएचओलगायतलाई पत्र लेखेको बताए । उनले अहिले रुस र युक्रेनको युद्धले विश्वमा भयावह स्थितिको सिर्जना भएकाले अब यो रोक्न आम सर्वसाधारणहरु एकजुट भएर आवाज उठाउन जरुरी रहेकाले आफू बोलिरहेको पनि बताए ।

उनले भने ‘युद्धका कारण हरेक कुरामा मुद्रास्फीति निम्तिएको छ । विश्वभर निमुखा जनताले आधारभूत आवश्यकताहरू पनि धान्न सकिरहेका छैनन् । कति मानिसहरु आत्महत्या गर्न बाध्य भइरहेका छन् । यसबारे कसले सोच्ने ? ’

उनले रुस जस्तो ठूलो राष्ट्रले सानो युक्रेनमाथि युद्ध लडेर कुनै बहादुरिता पुष्टि गर्न नसक्ने पनि बताए । उनले यस किसिमको मुर्खतापूर्ण काम गरेकोमा पुटिनको आलोचना पनि गरे । उनी भन्छन् ‘यो युद्धले को प्रभावित बनेको छ रु विश्वभरका राजनीतिज्ञमा के असर परेको छ रु निमुखा सर्वसाधारणमात्र युद्धको चपेटामा परेका छन् । त्यही कारण म यो विषयमा आवाज उठाइरहेको छु ।’

सबै देशका आफ्ना–आफ्ना स्वार्थ

रुस युक्रेन युद्धमा सबै विश्वका शक्ति राष्ट्रहरुको आआफ्नो स्वार्थ रहेको बास्तोलाको तर्क छ । विशेषगरी युएन र नाटोमा आवद्ध देशहरु आफ्नो स्वार्थमा लिप्त भएको उनको आरोप छ ।

अमेरिकाले पनि युक्रेनलाई आफ्नो हतियार बेचिरहेको छ । उनीहरु युद्ध रोक्ने प्रयासमा नदेखिनु नै सबैभन्दा घातक रहेको बास्तोलाको तर्क छ । इन्धन किनबेचमा लागेर मानवता बिर्सिएको पनि उनको आरोप छ । उनी भन्छन् ‘अमेरिका हतियार बेच्छ, नाटो र युएन पनि हतियारको व्यापार गरिरहेका छन् । कसैले पनि यक्रेनका राष्ट्रपति जेलन्स्कीलाई संयम हुन आग्रह गरेका छैनन् ।’ यो उनीहरुको आफ्नो फाइदाको लागि मात्र भएको उनले बताए ।

भारत र चीनले पनि रुससँग इन्धन किनिरहेका छन् । मोदीका विशिष्ट मित्र हुन् रुसी राष्ट्रपति पुटिन । तर भारत चीन दुवै पुटिनलाई युद्ध रोक्न आग्रह गरिरहेका छैनन् । उनी प्रश्न गर्छन् ‘मानवको जीवन ठूलो हो कि इन्धनको व्यापार रु’ युद्धका कारण हजारौँ मानिसहरु मरिरहेका छन् । कति क्षति भइरहेको छ । तर यहाँ मानवता बिर्सिएर शक्ति राष्ट्रहरुले व्यापारमात्र देखिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धर्मको बारेमा बोल्दै हिँड्ने गर्छन् ।

आक्रोशित मुद्रामा उनी भन्छन् ‘मोदी नेपाल आएर मठ मन्दिर घुम्छन् तर यत्रो मानिसहरु मारिइरहेका छन् । यसमा उनी केही बोल्दैनन् । उनले मन्दिर दर्शन गरेर आम मानिसमा दिन खोजेको सन्देश के हो रु खाई मानवता ?’

यस्तो छ पत्र लेख्नुको उदेश्य

यो पत्र लेख्नुको उदेश्य मात्र मानवीय दायित्व, अन्यायमा परिरहेका व्यक्तिहरुमाथि न्यायको माग, धर्मको रक्षा र मानवीय कर्तव्यमात्र भएको बास्तोलाको तर्क छ । उनी विश्वमा राजनीतिज्ञहरु आआफ्नो स्वार्थमामात्र लाग्ने तर्क गर्छन् । उनी प्रश्न गर्छन् ‘यो युद्धमा कुन देशले चासो दिने रु’ सबै राष्ट्र आ–आफ्नो राजनीतिक समस्यामा परेका छन् ।’ बेलायतमा पनि ५० दिनमा सरकार परिवर्तन भइरहेको छ । नेपालमा भइरहेको राजनीतिक अस्थिरताको त वर्णन गरेर साध्य पनि छैन ।

रुस युक्रेन युद्धमा विश्वभरका शक्ति राष्ट्रहरुको प्रमुख गल्ती भएको बास्तोला बताउँछन् । ‘एक शक्तिशाली राष्ट्र भएर युक्रेनजस्तो सानो देशमा आक्रमण गर्नु पुटिनको पहिलो गल्ती हो ।’ अगाडि उनी भन्छन् ‘अन्य शक्ति राष्ट्रले रुसमाथि प्रतिबन्ध लगाउनु झन् ठूलो गल्ती हो ।’ शक्ति राष्ट्रहरुले लगाएको प्रतिबन्धका कारण पुटिनमा झन् ठूलो जोश बढेको उनको ठम्याइ छ । यो युद्ध रोक्न अब कसैलाई चासो नभएका कारण अब सर्वसाधारण आम मानिसबाट नै पहल हुन जरुरी देखेकाले आफू पत्र लेखिरहेको उनले बताए ।

   केशव प्रसाद बास्तोला

‘शक्ति राष्ट्रहरु चुपचाप युद्ध हुन दिइरहेका छन् । युद्ध रोक्नुको साटो आआफ्नो स्वार्थ केन्द्रीत भए भड्काइरहेका छन् । एक अर्कालाई उचालिरहेका छन् अब यो युद्ध रोक्न सर्वसाधारणले पहल गर्नुपर्छ भनेर म पत्र पठाइरहेको छु ।’ रुसमाथि लगाइएको प्रतिबन्ध खोलेपछि मात्र यो युद्ध रोकिने आशा रहेको उनको भनाइ छ ।

के छ बास्तोलाले लेखेको पत्रमा ?

पत्रमा बास्तोलाले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पनि बढ्दो तनाव कम गरी विश्वव्यापी रूपमा शान्ति फैलाउन मद्दत गर्न आग्रह गरेका छन् ।

बास्तोलाले रुसको तेलबाट र युक्रेनलाई हतियार बेच्ने तत्त्वहरूले युद्ध रोक्न नचाहने र यसका लागि दुवै राष्ट्र आफैँ सचेत हुनु पर्ने उल्लेख गरेका छन् ।

उनले रुस–युक्रेनको युद्ध रोक्न विश्वका शक्ति राष्ट्रलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ, ‘युक्रेन र रुसबीचको बढ्दो तनावले रुस र युक्रेनकोमात्र नभइ विश्वभरका नागरिकको जीवनमा ठूलो प्रभाव पारिरहेको छ । जारी द्वन्द्वले विश्वभर विस्थापन र घरहरु गुमाउने, प्रियजनहरु गुमाउने र आर्थिक अस्थिरता निम्त्याएको छ । यो अवस्थाले आवागमनको स्वतन्त्रता, अत्यावश्यक वस्तु र सेवाहरुमा पहुँच र स्वास्थ्य सेवाको पहुँचमा प्रतिबन्ध लगाएको छ ।’

उनले मानिस सर्वश्रेष्ठ र बुद्धिमानी प्राणी भएको तर्कसहित हतियारको प्रयोग गर्नु सट्टामा कुटनीतिक तवरले समस्याको समाधान गर्न र आफ्नो विवेकको प्रयोग गर्न पनि सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी