आन्तरिक राजश्व कार्यालयका प्रमुख तिवारी कमाउधन्धामा, अधिकृत पटेलको समन्वयमा अबैध कारोबारीबाटै असुली

आन्तरिक राजश्व कार्यालयका प्रमुख तिवारी कमाउधन्धामा, अधिकृत पटेलको समन्वयमा अबैध कारोबारीबाटै असुली

  • आइतवार, फाल्गुन २१, २०७९
  • दिपक चौरसिया

  • 5.4K
    SHARES

वीरगंज २१ । होली पर्व लक्षित अनुगमनको नाममा बजारबाट आन्तरिक राजश्व कार्यालय वीरगंजले अबैध असुली गरिरहेको रहस्य खुलेको छ । आन्तरिक राजश्व कार्यालय वीरगंजका कर्मचारीहरुले विभिन्न तरिकाले सरकारको राजश्व छली गर्ने विभिन्न कारोबारीहरुसंग अनुगमन तथा निगरानीको नाममा अवैध असुली गरिरहेको सुचना प्राप्त भएको छ ।
कर अधिकृत ढाकाराम तिवारी आन्तरिक राजश्व कार्यालय वीरगंज पर्सामा आएको एक महिना नबित्दै कार्यालयका कर्मचारीहरुलाई परिचालन गरि बजार अनुगमनको नाममा अबैध असुली गराईरहेको व्यवसायीहरुले आरोप लगाएका छन् । वीरगंज लगायत पर्साको ग्रामीण बजारहरुमा संचालित विभिन्न फर्महरुमा होली पर्वको मुखमा अनुगमन गरि अबैध तरिकाले कारोबार गर्ने केही फर्महरुलाई कारवाही गरि अरु फर्महरुसंग होलि खर्च वापत अबैध रकम असुलिरहेको व्यापारीहरुको गुनासो रहेको छ ।
स्वयम् कर वितरण अनुसार करदाताले पेस गरेको आयात निर्यात, खरिद बिक्रीको विवरण ठिक नभएको आधारमा अनुुसन्धान गर्दै कमीकमजोरी फेला परेका फर्महरुलाई कारवाही गरि राजश्व असुली गर्नुको सट्टा कर्मचारीहरुले जरिवाना लाग्ने रकमभन्दा कम रकमलिई अबैध असुली गरिरहेको व्यापारीको आरोप छ । पर्सा जिल्लाको ४ नम्बर क्षेत्रमा पर्ने आसवारी घर भई हाल आन्तरिक राजश्व कार्यालय वीरगंज पर्सामा कार्यरत कर अधिकृत संदिप पटेलको डिजाईन र प्रमुख कर अधिकृत तिवारीको निर्देशनमा त्यस कार्यालयका कर्मचारीहरु समुह बनाएर विभिन्न ट्रान्सपोर्ट, गोदामसहित वीरगंज बजार, वीरगंजको चोर बजार, बिन्दवासिनी, पोखरीया, डोकैला बहुअरी, भिस्वा लगायतका ठाउँबाट अनुगमनको नाममा कर छली गरि कारोबार गर्ने व्यापारीहरुसंग अबैध असुली गरिरहेकोे छ । जसलाई यसै आन्तरिक राजश्व कार्यालय वीरगंज कार्यालयको अनुगमन तथ्याङकले पनि पुष्टि गरेको भन्दा खासै फरक नपर्ला ।
त्यस कार्यालयबाट फागुन १७ गते दुई समुह बनाएर बजार अनुगमनमा निस्केका कर्मचारीहरुले विभिन्न फर्महरुमा अनुगमन गरि जम्मा २० वटा फर्महरुलाई एक लाख जरिवाना गरेको कार्यालयको तथ्याङकले देखाउँछ । अनुगमनका नाममा यस कार्यालयका कर्मचारी पर्साको विभिन्न ठाउँमा संचालित फर्म, गोदाम, ट्रान्सपोर्ट लगायतका ठाउँमा गई खरिद बिल, बिक्रि बिल र स्टक मालसमान लगायतका कागजातहरु छानबिन गरेर कार्वाही गरेको जस्तो देखाएको छ ।
पर्सा जिल्लाको सिमानाकाबाट साना देखी ठुला व्यापारीहरुले गर्ने तस्करीको घटना कुनै नौलो विषय होईन । प्रहरीकै मिलेमतोमा मासिक करोडौंको कारोबार गरेर लाखौं राजश्व छली गर्ने नाम चलेकै कैयौं तस्करहरु छन् । आन्तरिक राजश्व कार्यालयबाट अगुमनको नाममा खटेका कर्मचारीहरुले मदन रुन्चे लगायत अबैध कारोबार गर्ने व्यापारीहरुसंग होली पर्वको मुखमा अनुगमनको नाममा अबैध असुली गरि उन्मुक्ति दिएको स्रोतको दाबी छ ।
स्थानीय भएको कारण वीरगंज लगायत पर्साको विभन्न ठाउँमा संचालित कुन कुन फर्म, ट्रन्सपोर्ट वा व्यापारीहरुले अबैध कारोबार वा अन्य माध्यमबाट राजश्व छल्ने गरेको बारे कर अधिकृत पटेललाई राम्रो जानकारी रहेकोले प्रमुख तिवारी सहितको समन्वयमा यस कार्यालयबाट अनुगमनको नाममा कर छली गर्ने व्यापारी संग अबैध आर्थिक लाभ लिईरहेको स्थानीय व्यापारीहरुको आरोप छ । कर छली गर्ने व्यापारीहरुको गोप्नीयता कायम राख्ने कानुनी व्यवस्था रहेकोले कुनै हालतमा करदाताको कागजात वा विवरण दिन नमिल्ने कर अधिकृत तथा सूचना अधिकारी संजय कुमार सरदारले बताउँछन् । अगुगमनमा क–कसलाई कारबाही गरियो भन्ने कुरा समेत बताउन नमिल्ने उनले बताए । करदाताको नाम, ठाउँ लगायतका अन्य कुनै पनि जानकारी दिन नमिल्ने अधिकृत सरदारको कुरालाई प्रमुख कर अधिकृत तिवारीले पनि समर्थन गरे ।

करदाताको गोप्नीयता राख्ने अधिकार रहेको बाहानामा कुन व्यापारीलाई के कारण कति जरिवाना गरियो वा गरिएन वा कसले कति कर तिर्यो बारे कुनै कागजात र विवरण दिन नमिल्ने अधिकारको फाईदा उठाउँदै प्रमुख तिवारीको निर्देशन र अधिकृत पटेलको डिजाईनमा यस कार्यालयका कर्मचारीहरुलाई अबैध आर्थिक लाभ लिन भ्याई नभ्याई छ ।

अनुगमन र नियमनको नाममा कर्मचारीहरुको मालकमाउ धन्धाकै कारण माघ महिनामा लक्ष्यको आधा मात्रै राजश्व संकलन भएको उसैको तथ्याङकले पुष्टि गरेको देखिन्छ । त्यस कार्यालयले चालु आर्थिक वर्षको माघ महिनामा ६५ करोड ८५ लाख ३६ हजार राजश्व संकलन गर्न लक्ष्य पाएकोमा ३३ करोड ५४ लाख १४ हजार मात्रै राजश्व संकलन गर्न सकेको छ । जुन लक्ष्यको ५०.९३ प्रतिशत हो ।
राजश्व संकलन गर्ने जिम्मेवारी पाएका निकायका कर्मचारीले नै होलिको अवसरमा अबैध आर्थिक लाभ लिन थालेपछि राजश्व असुलीमा गिरावट आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी