चीन र बेलारुसद्धारा युक्रेनमा शान्ति स्थापनाका लागि सँयुक्त अपील

चीन र बेलारुसद्धारा युक्रेनमा शान्ति स्थापनाका लागि सँयुक्त अपील

  • बिहिबार, फाल्गुन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

एजेन्सी फागुण १८। चीन र बेलारुसले युद्धग्रस्त युक्रेनमा शान्ति पुनर्वहालीका लागि आह्वान गरेका छन् ।

रुसी राष्ट्रपतिका सबै भन्दा निकटका विदेशी मित्रद्वय बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार बेइजिङमा भएको भेटवार्तापछि यस्तो आह्वान गरिएको हो । रुस–युक्रेन युद्ध अन्त्यका लागि चीनले अघि सारेको १२ बुँदे प्रस्तावमा पनि बेलारुसले समर्थन जनाएको छ।

चीन र बेलारुसले युद्ध अन्त्य गरी शान्ति पुनर्वहालीका लागि तत्काल काम गर्नुपर्नेमा पनि जोड दिएका छन् । चीनका पूर्वविदेशमन्त्री वाङ यिको मस्को भ्रमण लगत्तै बेलारुसी राष्ट्रपति लुकासेन्को बेइजिङ पुगेका हुन् ।

रुसको भत्सना नगरिएको र रुसी सेना युक्रेनबाट फिर्ता हुनुपर्ने किटान नगरिएको भन्दै पश्चिमा देशहरुले भने चिनियाँ शान्ति प्रस्तावको आलोचना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ