अष्ट्रेलियामा भारतीय नागरिकलाई प्रहरीले गोली हानेर हत्या गर्यो

अष्ट्रेलियामा भारतीय नागरिकलाई प्रहरीले गोली हानेर हत्या गर्यो

  • बुधबार, फाल्गुन १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

फागुण १७ काठमाण्डौँ । अष्ट्रेलियन प्रहरीले एक भारतीय नागरिकलाई गोली हानेर मारिदिएको छ । ३२ वर्षीय भारतीय नागरिक मोहम्मद रहमथुल्लाह सैयद अहमदलाई अष्ट्रेलियाको प्रहरीले गोली हानेको हो ।

सिड्नीको अबर्न रेलवे स्टेशनमा एक क्लिनरमाथि छुरा प्रहार गर्नुका साथै प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेकाले उनलाई गोली हानिएको अष्ट्रेलियन प्रहरीले जनाएको छ ।

अस्ट्रेलिया स्थित भारतीय महावाणिज्य दूतावासका अनुसार ब्रिजिङ भिसामा अबर्नमा बस्दै आएका आक्रमणकारी भारत तमिलनाडुका हुन्।

अष्ट्रेलियास्थित भारतीय महावाणिज्य दूतावासले घटना अत्यन्तै डरलाग्दो र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको छ। विदेश मामिला तथा व्यापार विभाग,न्यू साउथवेल्स कार्यालय र राज्य प्रहरी अधिकारीहरूसँग यस विषयमा कुरा उठाएको दूतावासले जनाएको छ।

सिड्नीको पश्चिममा रहेको अबर्न रेलवे स्टेशनमा कार्यरत एक २८ वर्षीय क्लिनरमाथि आक्रमण गरेका थिए । घटनाको करिब पाँच मिनेटपछि अबर्न प्रहरी चौकी पुगेका उनले त्यहाँका प्रहरी अधिकारीमाथि पनि आक्रमणको प्रयास गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ