एजेन्सी फागुण १७। ग्रिसमा दुई वटा रेल ठोक्किँदा ३२ यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
एथेन्सबाट ३५० किलोमिटर उत्तरको लारिसा शहर नजिकै टेम्प भन्ने स्थानमा दूर्घटना भएको हो ।
अहिलेसम्म ३२ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ भने अस्पताल भर्ना गरिएका ८५ जना मध्ये दुई दर्जन बढीको अवस्था गम्भीर रहेकाले मृत्यु हुने संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
कार्गो रेल र यात्रुबाहक रेल ठोक्किएपछि रेलमा आगो लागेको र उक्त आगो सडकमा रहेका कम्तिमा डेढ दर्जन सवारी साधनमा पनि सल्किएको थियो ।
दुर्घटनामा परेको यात्रुबाहक रेलमा ३५० जना यात्रु रहेको खुलेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline