अमेरिकामा असिनापानी सहितको आँधीले जनजीवन प्रभावित, विद्युत आपूर्ति बन्द

अमेरिकामा असिनापानी सहितको आँधीले जनजीवन प्रभावित, विद्युत आपूर्ति बन्द

  • मङ्लबार, फाल्गुन १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

१६ फागुन, काठमाडौं । असिनापानी सहितको आँधी आउदाँ अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ । खराब मौसमका क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यका धेरै घरहरु भत्किएका छन् ।

बीबीसीका अनुसार बिजुलीका खम्बा ढलेकाले विद्युत आपूर्तिसमेत बन्द भएको छ । हालसम्म कम्तिमा १२ जना घाइते भएका छन् ।

सबैभन्दा बढी क्यालिफोर्निया राज्य प्रभावित भएको छ । ठाउँ–ठाउँमा बाढी र डुबानको अवस्था छ । सम्भावित क्षतिलाई रोक्न स्थानीय सरकारले समुद्री किनार बन्द गराएका छन् ।

क्यालिफोर्निया, टेक्सास र ओक्लाहोमामा करिब एक लाख जना बिजुलीविहीन अवस्थामा रहेको बीबीसीले उल्लेख गरेको छ । प्रभावित क्षेत्रका भिडियो फुटेजहरुमा चारपांग्रे सवारी साधन लडाएको र घरका छाना उडाएको देखिन्छ ।

मौसमविदहरुले अमेरिकाको मध्यपश्चिम क्षेत्रको मौसम एक हप्तासम्म खराब हुने पूर्वानुमान गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ