गंभीर आर्थिक संकटपछि पाकिस्तानका प्रधानमन्त्री र मन्त्रीहरुले तलव नलिने घोषणा, मन्त्रीले बिजुलीको बिल समेत आफै तिर्ने

गंभीर आर्थिक संकटपछि पाकिस्तानका प्रधानमन्त्री र मन्त्रीहरुले तलव नलिने घोषणा, मन्त्रीले बिजुलीको बिल समेत आफै तिर्ने

  • बिहिबार, फाल्गुन ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

मित्र राष्ट्र पाकिस्तानले गंभीर आर्थिक संकट उत्पन्न भए पछि प्रधानमन्त्री र मन्त्रीहरुले तलव नलिने घोषणा गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले बुधवार राति सरकारी खर्च कटौतीको ठूलो घोषणा गरेका छन्।

केबल ३ अर्ब डलर मात्रै विदेशी मुद्रा सञ्चित रहेपछि टाट पल्टिने बिन्दुमा पुगिसकेको देशलाई बचाउन त्यहाँका प्रधानमन्त्रीले अन्तिम पहल थालेका हुन्।

मसहित मन्त्रिपरिषद्का सबै मन्त्रीहरुले तलब लिने छैनौँ। तमाम केन्द्रीय मन्त्री बिजुली, पानी, ग्यास र टेलिफोनको बिल गोजीबाट भर्नेछन्ु उनले घोषणामा भनेका छन्।

शरिफका अनुसार मन्त्रीहरुसँग रहेका सबै लग्जरी गाडी पनि लिलाम गरिनेछ। सर्वोच्च अदालत , उच्च अदालत र कर्मचारी क्षेत्रलाई पनि खर्च कटौतीका लागि सरकारले अपिल गरेको छ।

अचम्म लाग्दो कुरा भने प्रधानमन्त्री शरिफले पाकिस्तान स्वतन्त्र भएयता अहिलेसम्मको ७६ वर्षमा आधा समय देशको शासन चलाएको सेनाको खर्च कटतीबारे केही पनि बोलेका छैनन्। पाकिस्तानी सेनासँग देशको अर्बौँ बजेट रहेको छ।

प्रधानमन्त्री शरिफले क्याबिनेटका सदस्यहरुलाई राखेर पत्रकार सम्मेलन गरेका थिए।

शरिफले सरकारको खर्च कम गर्न करदाताको लाखौँ रुपैयाँ बचाउने योजना पनि सुनाए । यसका लागि तमाम कदम उठाइने उनले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ