पश्चिमा देशहरु युक्रेनलाई प्रयोग गरेर विश्वव्यापी युद्ध चाहिरहेका छन् :पुटिन

पश्चिमा देशहरु युक्रेनलाई प्रयोग गरेर विश्वव्यापी युद्ध चाहिरहेका छन् :पुटिन

  • बुधबार, फाल्गुन १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी फागुण १० । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले युक्रेनलाई प्रयोग गरेर पश्चिमा शक्तिहरुले विश्वव्यापी युद्ध निम्त्याउन खोजेको बताएका छन् ।

युक्रेनमा सैन्य कार्बाही शुरु गरेको एक बर्ष पुगेका बेला संसदलाई संवोधन गर्दै पुटिनले युक्रेनमा सन् २०१४ देखि नै पश्चिमाहरुले हस्तक्षेप र प्रयोग गरेको बताए ।

रुसले शुरु गरेको कार्बाही युक्रेनी जनतासँग नभई पश्चिमा कभरमा उभिएको नवनाजीवादीहरु बिरुद्धको कार्बाही भएको उनले बताए ।

सन् २०१४ पछि नाजीवादीहरुले रुसी भाषी युक्रेनी नागरिकमाथि अत्याचार गरेकाले ती जनताको सहयोगका लागि रुसले हस्तक्षेप गर्नु परेको बताए ।

अहिले लामो दुरीको हतियार र सैन्य उपकरण र पैसा दिएर पश्चिमाहरुले नाजीवादीहरुलाई प्रयोग गरिरहेको उनले बताए ।

पश्चिमाहरुले रुसलाई उथल पुथल गर्न लगाएको प्रतिधन्धहरु असफल भएको पनि पुटिनको दाबी छ । पुटिनले सोही अवसरमा अमेरीकासँगको परमाणु अस्त्र नियन्त्रण सम्बन्धि सन्धि स्टार्ट ट्रिटी पनि निलम्वनको घोषणा गरेका छन् ।

यसले रुसले थप परमाणु हतियारको परिक्षण गर्न सक्ने अनुमान शुरु भएको छ । रुस हाल विश्वमै सबै भन्दा धेरै परमाणु हतियार भएको मुलुक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ