फागुण ९ काठमाण्डौँ । काठमाण्डौँमा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृखलामा नेपालले आज अन्तिम खेलमा स्कटल्याण्डको सामना गर्दैछ । यस अघि पहिलो खेलमा नेपालले स्कटल्याण्डमाथि जीत हात पारेको थियो । उसले दिएको २७५ रनको लक्ष्य नेपालले पार गरेको थियो ।
नेपालले कीर्तिपुर मैदानमा टस जितेर फिल्डिगं रोजेको छ । यस अघि नामिवियालाई पनि नेपालले दुबै खेलमा हराएको थियो । एक दिवसीय मान्यता जोगाउन पनि नेपालले अबका खेलहरु निरन्तर जित्नु पर्ने अबस्था छ ।
कुल ३६ खेल खेल्नु पर्नेमा नेपालले आज २८ औँ खेल खेल्न लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline