भूकम्पले उथलपुथल भएको टर्कीमा फेरी गयो शक्तिशाली भूकम्प

भूकम्पले उथलपुथल भएको टर्कीमा फेरी गयो शक्तिशाली भूकम्प

  • मङ्लबार, फाल्गुन ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी फागुण ९ । शक्तिशाली भूकम्पपछि ४६ हजार बढी नागरिकको मृत्यु भएर गंभीर संकटमा परेको टर्कीमा पुनः शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्नेच्युडको विनाशकारी भूकम्प गएको दुई सातपछि टर्कीमा सोमबार पुन अर्को शक्तिशाली भूकम्प गएको हो ।

दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर सोमबार ६‌.३ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । भूकम्पमा परी थुप्रै मानिस घाइते भएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले जनाएको छ ।

टर्की र सिरीयामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४६ हजार माथि छ । दशौँ हजार घरहरु ध्वस्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ