महाशिवरात्रिमा आएका साधुसन्तलाई दक्षिणा र रुद्राक्षको माला दिएर विदाई

महाशिवरात्रिमा आएका साधुसन्तलाई दक्षिणा र रुद्राक्षको माला दिएर विदाई

  • सोमवार, फाल्गुन ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

फागुण ८ काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ आएका साधुसन्तको सोमबार बिदाई गरिदैछ ।

पशुपति क्षेत्र विकास कोषले दक्षिणा सहित महाशिवरात्री २०७९ को अवसरमा देश विदेशबाट आएका साधु सन्तलाई विदाइ गरेको हो। साधु सन्तलाई वरिष्ठताका आधारमा दक्षिणा दिएर बिदाइ गर्न लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले शिवरात्रीमा आएका चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गर्न लागेको हो । उनीहरुलाई वरिष्ठताका आधारमा कोषले पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिएर विदाई गर्न लागेको हो । यसै गरी प्रत्यक साधु सन्तलाई रुद्राक्षको माला समेत दिएर बिदाई गरिएको छ ।

महाशिवरात्रीमा भारत लगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी