नेपालले आगामी वर्ष थप बिजुली निर्यात गर्ने बाटो खुल्यो, बंगलादेशका लागि पनि सकारात्मक

नेपालले आगामी वर्ष थप बिजुली निर्यात गर्ने बाटो खुल्यो, बंगलादेशका लागि पनि सकारात्मक

  • आइतवार, फाल्गुन ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

फागुण ७ काठमाण्डौँ । नेपाल र भारत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटले बढाउन सहमत भएका छन् ।

भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा हाल भइरहेको आयात–निर्यातको क्षमता बढाउने सहमति भएको हो । यसले आगामी वर्ष भारत बिजुली निर्यात वृद्धि हुने अपेक्षा गरिएको छ । गत वर्ष ४ सय मेगावाट बढी बिजुली निर्यात भएको थियो ।

४०० किलोभोल्टको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट हाल ६०० मेगावाट विद्युत आयात–निर्यात हुँदै आएको छ । अब त्यहाँबाट ८०० मेगावाट आयात–निर्यात गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिएका छन् ।

हाल निर्माणाधिन ढल्केबर प्रसारण लाइनबाट समेत विद्युत आदान–प्रदान गर्न अध्ययनका लागि संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिइएको छ ।

टनकपुर–महेन्द्रनगर १३२ केभी विद्युत प्रसारण लाइनबाट ७० देखि ८० मेगावाट विद्युत आयात–निर्यात गर्ने सहमति पनि भएको छ । साथै संयुक्त प्राविधिक टोलीबाट २०० मेगावाटसम्मको विद्युत निर्यात गर्नका लागि सम्भावित विकल्पहरुको अध्ययन गराउन नेपाल र भारतका अधिकारीहरु सहमत भएका छन् ।

१३२ केभी तथा सोभन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षायाममा नेपालबाट भारतको बिहार राज्यमा विद्युत निर्यात गर्न आवश्यक संयन्त्र बनाउने र नेपालका विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादन हुने बिजुली भारतीय बजारमा निर्यात गर्न अन्तरसरकारी सम्झौता गर्ने पनि सहमति भएको छ ।

दोस्रो अन्तर्देशीय नयाँ बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन अन्तर्गत भारतीय खण्डको निर्माण आगामी सन् २०२५ मार्चमा सम्पन्न गर्न सम्झौतामा चाँडै हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।

भारतीय अधिकारीहरुले नेपालबाट ५० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने सम्बन्धमा निश्चित आयोजनासहित नेपालले प्रस्ताव पेश गरेमा स्वीकृति दिन सकारात्मक रहेको बताएका छन् ।

थप सहमतिको विवरण विज्ञप्तिमा हेर्नुस्:

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी