भूकम्पले थिलथिलो बनेको सिरीयामा ईजरायलद्धारा हवाई आक्रमण १५ जनाको मृत्यु
एजेन्सी फागुण ७ । दुई साता अघि शक्तिशाली भूकम्पले क्षत विक्षत बनेको सिरिसयामा ईजरायलले हवाई आक्रमण गरेको छ । राजधानी दमासकसमा बमबारी गर्दा १५ जनाको मृत्यु भएको सिरीयाली अधिकारीहरुले जनाएका छन् ।
ईजरायली बमबारीमा राजधानीको एक आवासीय क्षेत्रमा १५ जनाको ज्यान गएको बताईएको छ ।
ईजरायलले सिरीयामा पटक पटक बमबारी गर्दै आएको छ ।
हालै गएको शक्तिशाली भूकम्पले ५ हजार बढीको मृत्यु भएको, हजारौँ घाईते भएको , भवनहरु क्षत विक्षत भएको र अन्तराष्ट्रिय प्रतिवन्धका कारण पीडाबाट उठ्न नसकेको सिरीयामा ईजरायली आक्रमणले थप क्षति पुर्याएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline