अमेरीकामा एकै व्यक्तिले तीन वटा बन्दुक प्रयोग गरी पूर्व श्रीमती सहित ६ जनाको हत्या गरे

अमेरीकामा एकै व्यक्तिले तीन वटा बन्दुक प्रयोग गरी पूर्व श्रीमती सहित ६ जनाको हत्या गरे

  • शनिबार, फाल्गुन ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

एजेन्सी फागुण ६ मिस्सिसीपी । अमेरिकाको मिस्सिसीपी राज्यस्थित एक गाउँमा एक पुरुषले आफ्नो पूर्व पत्नीसहित ६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार तीनवटा हतियार बोकेर अन्धाधुन्ध गोली चलाउँदै हिँडेका ती पुरुषले उनीहरूमाथि विभिन्न स्थानमा आक्रमण गरेका थिए ।

घटना भएको आर्काबुटालमा ३ सयभन्दा कम मानिसहरू बसोबास गर्छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ५२ वर्षीय रिचर्ड डेल क्रमलाई पक्राउ गरेको जानकारी दिएको छ । उनले के कारणले गोलीबारी गरे भन्ने उद्देश्य भने खुल्न बाँकी रहेको छ ।

मिस्सिसीपीका गभर्नर टेट रिभ्सले आक्रमणकारी एक्लैले सो घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । स्थानीय समयअनुसार बिहान ११ बजे एक पेट्रोल पम्पको कन्भिनियन्ट स्टोरबाट ती व्यक्तिले गोलीबारी सुरु गरेका थिए ।

उनले पहिले एक अपरिचित व्यक्तिमाथि गोली प्रहार गरेका थिए । त्यसपछि नजिकैको घरमा पुगेर आफ्नो पूर्व पत्नीलाई गोली हानेका थिए । उनले पूर्वपत्नीको मंगेतरलाई भने गोली हानेनन् ।

त्यसपछि बाटोमा दुईजना व्यक्तिलाई गोली हानेका उनले घर नजिकै दुई निर्माण कामदारलाई गाली प्रहार गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ