फागुण ६ काठमाण्डौँ । काठमाण्डौँमा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा आज नामिविया बिरुद्ध खेलिरहेको नेपालले २७५ रनको लक्ष्य पाएको छ ।
मध्यमक्रममा कमजोर बनेको नामिवियालाई त्यसपछिका ब्याट््याम्नहरुले उकासेका थिए । नामिवियाले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनायो ।
नामिवियाका जान ग्रिनले अविजित ७५ रन जोडेपछि उसले उच्च योगफल तयार पारेको हो ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । करण केसीले एक विकेट लिए पनि महंगो बलिगं गरेका थिए । उनले ९ ओभरमा ७४ रन दिएका थिए ।
यस अघि नामिवियाको २८५ रनको लक्ष्य नेपालले पूरा गरेको थियो भने हिजो स्कटल्याण्डको २७५ रनको लक्ष्य भेटाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline