नेपाली व्याटीङ लाईनमा सुधार, स्कटल्याण्डको बिशाल लक्ष्य पनि सहजै पूरा गरी जित हासिल

नेपाली व्याटीङ लाईनमा सुधार, स्कटल्याण्डको बिशाल लक्ष्य पनि सहजै पूरा गरी जित हासिल

  • शुक्रबार, फाल्गुन ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

फागुण ५ काठमाण्डौँ । नेपाली क्रिकेटमा सँधै समस्याग्रस्त देखिने गरेको व्याटीङ लाईनमा यस पटक सुधारको संकेत देखिएको छ । नेपालले घरेलु मैदानमा लगातार बिशाल लक्ष्य पूरा गर्दै जित हाँसिल गरेर त्यो संकेत दिएको हो ।

नामिवियाले दिएको २८८ रनको लक्ष्य पूरा गरेर ऐतिहासिक रेकर्ड राखेको नेपालले आज स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य पनि पूरा गरी जीत दर्ता गर्यो ।

स्कटल्याण्डले पुरै ५० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो । नेपालले उक्त लक्ष्य ७ विकेट गुमाएर ४७ औँ ओभरमा पूरा गर्यो ।

शुरुमा लडखडाएको नेपाली पारीलाई दिपेन्द्र सिंह ऐरी र कुसल मल्लले उकासेका थिए । ऐरी ८५ रनमा नटआउट रहँदा १ छक्का र ८ चौका प्रहार गरे ।

यसै गरी कुसल मल्लले ६७ बलमा ८१ रनको योगदान दिएर नेपाली टिमलाई उकासे । उनले चार छक्का र ९ चौका प्रहार गरे ।

ओपनर आशिफ शेख ९, कुसल भुर्तेल १६ र ज्ञानेन्द्र मल्ल ४, रोहित पौडेल ६, सन्दीप जोराले ५ रन जोडे भने सोमपाल कामी २४ रनमा अविजित रहे ।

नेपालले शनिबार स्कटल्याण्डसँग दोस्रो खेल खेल्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ