फागुण ५ काठमाण्डौँ । नेपालले आज स्कटल्याण्ड बिरुद्ध खेलिरहेको छ । त्रिकोणात्मक एक दिवसीय सिरिजमा आजको खेलमा स्कटल्याण्ड बिरुद्ध टस जितेर फिल्डिङमा उत्रिएको नेपालका लागि सन्दीप लामिछाने र कुसल मल्लले दुई दुई विकेट लिएका छन् ।
यो खबर तयार पार्दा सम्म स्कटल्याण्डले १७ ओभरमा ४ विकेट गुमाएर ६६ रन जोडेको छ । नेपालले यस अघि नामिवियालाई पनि पराजित गरेको थियो ।
कुशलले ओपनर क्रिस्टोफर म्याकब्राइड र कप्तान रिची बेरिङटनलाई पवेलियन फर्काए। क्रिस्टोफर २२ र रिची १९ रन बनाउँदा पवेलियन फर्के।
२५ बलको सामना गरेका रिचीले २ चाौका र १ छक्का हान्दै कुशल मल्लको बलमा आउट भए। क्रिस्टोफर २२ रनमा आउट भए। म्याथु क्रस २ रनमा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline