अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

  • शुक्रबार, फाल्गुन ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

फागुण ५ काठमाडौँ । एमाले विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । बडालले ९ सय ६२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी आरसी लामिछानेले ३५६ मत प्राप्त गरेका छन् ।

अनेरास्ववियुको २३ औं महाधिवेशन अन्तर्गत बिहीबार राति भएको निर्वाचनबाट महासचिवमा नरेश रोकाय चयन भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् । सचिव पदमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं,अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगम अर्याल निर्वाचत भएका छन् ।

विद्युतीय मेसिनबाट भएको निर्वाचनमा १ हजार ५ सय १७ मत खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी