वीरगंज महानगरले चासो नदेखाउदा सडक निर्माण हुन नसकेको स्थानीयको आरोप

वीरगंज महानगरले चासो नदेखाउदा सडक निर्माण हुन नसकेको स्थानीयको आरोप

  • बिहिबार, फाल्गुन ४, २०७९
  • दिपक चौरसिया

  • 2.8K
    SHARES

पर्सा, ४ फागुन / मधेस प्रदेशको एक मात्र महानगर वीरगंज महानगरपालिकाको मुल सडक निर्माण हुन नसक्नुमा मेयर राजेशमान सिंहको ठुलो भुमिका रहेको स्थानीय तथा पर्यटकहरुले आरोप लगाएका छन । स्थानीय तहको निर्वाचन अगाडी राजनीति एजेण्डा बनाउदै ठुला ठुला भाषण गरेर निर्वाचित हुन सफल भएका मेयर राजेशमान सिंहको काम कारवाहीले वीरगंजको मुल सडक मर्मत तथा निर्माण गर्न नसकेको स्थानीय तथा पर्यटकहरुले आरोप लगाएका हुन । वीरगंज महानगर भित्र रहेको पावर हाउस चौकको सडक निर्माण हुन नसक्दा स्थानीय तथा पर्यटकहरुलाई धुलोमै हिडडुल गर्न बाध्य बनेको स्थानीय बताउछन ।

स्थानीयले बताए अनुसार वीरगंजको मुल सडक अन्तर्गत पर्ने पावर हाउस चौक लगायत प्रतिमा चौक र मुल भन्सार नजिकै रहेको सडक निर्माण हुन नसकेको कारण धुलोमै रहेको सडकमा हिडडुल गर्न बाध्यता रहेको बताए । सडक मर्मत हुन नसकेको कारण पावर हाउस चौकमा प्र्रति दिन दुर्घटनाको क्रम बढेको, स्थगानीय रामचन्द्रले बताए । उनका अनुसार धुलोमय रहेको सडक, सडकको अवस्थाका कारण प्रति दिन दुर्घटना हुने गरेको बताए । एक जना पर्यटकका अनुसार स्थानीय तह निर्वाचन भन्दा अगाडी मेयर सिंंहको भाषण सुनेर हामीहरु समेत आकर्षित भएको तर सुने जस्तो काम हुन नसकेको, उनले बताए ।

नेताहरुको भाषणले स्थानीय समेत प्रभावित भएकै कारण मेयर जस्तो पदमा सिंह निर्वाचित भएको हुन सक्ने प्रतिकृया दिए । उनले मेयर सिंहलाई यस मिडिया मार्फत वीरगंज बजार क्षेत्रको जनताले गर्दा मात्र निर्वाचित नभएको सुझाएका थिए । एक जना अर्का स्थानीय रामबाबु पटेलका अनुसार पावर हाउस चौक हुदै प्रति दिन लाखौ सावारी साधन गुड््ने गरेको बताउदै गुड्ने क्रममा कुनै अप्रिय घटना हुदा कले जवाफदेहीता हुने भन्दै सिंह संग प्रश्ण गरेका थिए । स—साना सवारी दुर्घटना प्रति दिन हुने गर्दछ, मानवीय क्षेति भए मेयर सिंहले जवाफदेहीता दिने हो र ? भन्दै उनले प्रश्ण गरे । उनका अनुसार बिदेशीको इशारामा देश चलिरहेको थियो तर अब वीरगंज महानगर पनि चल्न थालिएको आरोप लगाए । महात्मा गान्धी पथ नामक सडकको बिषयलाई औल्याउदै नगरको बिकास गर्न नसकेकाको रुपमा मेयर सिंहलाई आउने दिनमा चिन्ने, उनले बताए । यता वीरगंजको विकासका साथै पावर हाउस चौक लगायत प्र्रतिमा चौकको सडक निर्माणको बिषयमा वीरगंज महानगरपालिका नगर प्र्रमुख राजेशमान सिंह संग प्रतिकृया लिन खोज्दा  सम्पर्कमा आउन  चाहेनन् । ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी