सावित्राको सानदार दुई गोलमा नेपालले भारतसँग बराबरी खेल्यो

सावित्राको सानदार दुई गोलमा नेपालले भारतसँग बराबरी खेल्यो

  • बिहिबार, फाल्गुन ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

फागुण ४ काठमाण्डौँ । सावित्रा भण्डारीको दुई उत्कृष्ट गोलको सहायतामा भारतसँगको मैत्रीपूर्ण खेलमा नेपालले बराबरी खेलेको छ ।

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतसँग २- २ गोलको बराबरी खेलेको छ। चेन्नइस्थित जवारलाल नेहरू रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा रोमाञ्चक बनेको खेलको ५६औं मिनेटमा सौम्याले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएकी थिइन्। उनले त्यसको १२ मिनेटपछि भारतीय कप्तान इन्दुमति काथिरेसनले गरेको गोलसँगै नेपाल २-० ले पछि परेको थियो।

यद्यपि, अन्तिमको दुई मिनेटमा नेपालले दुई गोल गरेसँगै खेल बराबरीमा टुङ्गिएको हो। स्थानीय टिमसामू निरन्तर दबाबमा परेको नेपालका लागि सावित्राले निर्धारित समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेकी थिइन्।

त्यसको तीन मिनेट नबित्दै इन्जुरी समयमा पुनस् सावित्राले गोल गर्दै नेपाललाई हारबाट जोगाउन सफल भइन्।

शनिबार भारतसँगै दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल खेलेर नेपाली टिम स्वदेश फर्किने छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ