नामिवियाले नेपाललाई दियो चूनौतीपूर्ण २८६ रनको लक्ष्य

नामिवियाले नेपाललाई दियो चूनौतीपूर्ण २८६ रनको लक्ष्य

  • मङ्लबार, फाल्गुन २, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

फागुण २ काठमाण्डौँ । नेपालले विश्वकप लिग–२ मा नामिबियाविरुद्ध २८६ रनको बिशाल चूनौतीपूर्ण लक्ष्य पाएको छ । टस जितेर फिल्डिङ गरेको नेपालले नामिवियाका ब्याट्सम्यानलाई दबाबमा राख्न नसक्दा उसले ५० ओभरमा १० विकेट गुमाएर २८५ रनको योगफल तयार पार्यो ।

रोहित पौडेलको कप्तानीमा नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् ।

नामिवियाका मिकेल भान लिनगेनले सर्वाधिक १३३ रन जोडेपछि नामिवियाले यो लक्ष्य दिन सफल रह्यो । उनले पाँच छक्का र ९ चौका प्रहार गरे ।

नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए भने सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए । अब नेपालले जवाफी ब्याटीङ गर्दैछ ।

लिग–२ मा नेपालले ओमानसँग खेलेको चार मध्येको तीन खेलमा दोस्रो इनिङ्समा ब्याटिङ गर्दा हारेको थियो । एक खेल रद्द भएको थियो । मोन्टी देसाईको नेपालको प्रशिक्षकका रूपमा यो पहिलो खेल हो ।

नामिबिया २०१६ यता पहिलो पटक नेपाल आएर खेलिरहेको छ । पछिल्लो पटक ७ वर्ष अघि काठमाडौं आउँदा नामिबियालाई नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको दुवै खेलमा पराजित गरेको थियो ।

नेपाल २४ खेलमा १८ अंक जोडी सात राष्ट्र सहभागी प्रतियोगिताको अंक तालिकाको छैटौं स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अंक जोडि तेस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ