काठमाडौँ फागुण २ । नेपालले विश्वकप लिग–२ मा नामिबियाविरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।
रोहित पौडेलको कप्तानीमा नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् । कीर्तिपुर मैदानमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिएका छन् । नामिवियाले अहिले सम्म १८ ओभरमा ६४ रन बनाउदा २ विकेट गुमाएको छ ।
लिग(२ मा नेपालले ओमानसँग खेलेको चार मध्येको तीन खेलमा दोस्रो इनिङ्समा ब्याटिङ गर्दा हारेको थियो । एक खेल रद्द भएको थियो । मोन्टी देसाईको नेपालको प्रशिक्षकका रूपमा यो पहिलो खेल हो । वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक रहेका उनी दुई साता अघि नेपाल आएका थिए ।
नामिबिया २०१६ यता पहिलो पटक नेपाल आएर खेलिरहेको छ । पछिल्लो पटक ७ वर्ष अघि काठमाडौं आउँदा नामिबियालाई नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको दुवै खेलमा पराजित गरेको थियो ।
लिग(२ मा नेपाल २४ खेलमा १८ अंक जोडी सात राष्ट्र सहभागी प्रतियोगिताको अंक तालिकाको छैटौं स्थानमा छ । नामिबिया ३० खेलमा ३७ अंक जोडि तेस्रो स्थानमा छ । लिग २ मा नेपालको यो सातौं शृंखला हो ।