फागुण २ एजेन्सी । टर्की र सिरीयामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ हजार नाघेको छ । टर्कीमा मात्रै ३१ हजार ६ सय बढीको मृत्यु भएको छ भने सिरीयामा ४६ सय भन्दा बढीको मृत्यु भएको छ ।
देश तथा विदेशका उद्धारकर्मीहरुले हाल सम्म पनि खोजी जारी राखेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।
गत सोमबार गएको ७.८ म्याग्निच्युटको भूकम्प पछि लगातार ठूला साना पराकम्पहरु गईरहेका थिए ।
यस भूकम्पमा दशौँ हजार घरहरु क्षतिग्रस्त भएका छन् भने हजारौँ मानिस घाईते भएका छन् । अर्बौ डलरको आर्थिक क्षति समेत भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline