माघ २९ एजेन्सी । टर्की र सिरीयामा गएको महाविनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
गत सोमबार बिहान टर्की र सिरीयाको सीमानामा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
अहिले पनि उद्धार जारी रहेको र केहीलाई जीवितै फेला पारिएको अधिकारीहरुले जनाएका छन् ।
विभिन्न देशबाट उद्धार र राहतको काम जारी राखिएको छ । भूकम्पबाट टर्कीमा मात्रै १० हजार बढी घर भत्किएका छन् भने २४ हजार ६ सय बढी मानिसको ज्यान गएको छ ।
उता सिरीयामा पनि हजारौँ घर भत्किएका छन् भने ४५ सय बढी मानिसको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline