माघ २७ एजेन्सी । टर्की र सिरीयामा गएको महाविनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २२ हजार नजिक पुगेको छ । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अन्य हजारौँ मानिस अझै वेपत्ता छन् हजारौँ घाईते छन् ।
टर्कीमा मात्रै करीब १८ हजार मानिसको मृत्यु भएको छ भने सिरीयामा ४ हजार मानिसको मृत्यु भएको छ ।
टर्कीमा हजारौँ भवनहरु भत्किएको छ भने अर्बौ डलरको क्षति पुगेको छ ।
विश्व बैंकले टर्कीलाई १.७८ अर्ब डलर राहत सहयोग उपलव्ध गराउने घोषणा गरेको छ ।
गत सोमबार गएको ७.८ म्याग्निच्युटको भूकम्पले ठूलो मानवीय विपत्ति ल्याएको छ । संसारका विभिन्न देशबाट उद्धारका लागि टोली परिचालित छन् भने राहतहरु आउने क्रम शुरु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline