साफ च्याम्पियनसिपको उपाधीका लागि नेपालले बंगलादेशको सामना गर्दै

साफ च्याम्पियनसिपको उपाधीका लागि नेपालले बंगलादेशको सामना गर्दै

  • बिहिबार, माघ २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

माघ २६ काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज आयोजक बंगलादेशको सामना गर्दैछ ।

ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल सुरू हुनेछ ।

नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोली बंगलादेशविरुद्धको खेल नेपालको लागि कठिन हुनेछ ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपाल दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो भने बंगलादेश समुहको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

लिग चरणको खेलमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो । नेपाल आज त्यही हारको बदला लिने लक्ष्यमा साथ मैदानमा उत्रिदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ