टर्की र सिरीयामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

टर्की र सिरीयामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

  • बुधबार, माघ २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

माघ २५ काठमाण्डौँ । गत सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ६ हजारमाथि र सिरीयामा दुई हजार बढी मानिसहरु मारिएका छन् । यस्तै दशौँ हजार नागरिक घाईते भएका छन् ।

हजाराँै भवनहरु ध्वस्त भएका छन् । अहिले ठूलो संख्यामा उद्धारकर्मीहरु परिचालित भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव आएको बताएका छन्।

अर्दोनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यवाद समेत दिएको समाचारहरुमा उल्लेख गरिएको छ।

यससँगै उनले देशका दक्षिणका १० प्रदेशमा तीन महिनाका लागि सङ्कटकाल घोषणा गरिएको जानकारी गराएका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ