माघ २३ एजेन्सी । टर्की र सिरीयामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३ सय माथि पुगेको छ । टर्कीमा मात्रै हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने सिरीयामा संयौँ नागरिकको मृत्यु भएको छ ।
दुबै देशमा गरी हजारौँ मानिस घाईते भएका छन् । हजारौँ घरहरु भत्किदा च्यापिएर मानिसको मृत्यु भएको हो ।
आज बिहान ७.८ म्याग्नेच्युटको शक्तिशाली भूकम्प जाँदा सो ठूलो धनजनको क्षति भएको हो ।
अहिले उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
टर्की र सिरीयाको सिमानामा केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline