पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन

  • आइतवार, माघ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

माघ २२ एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । ७९ वर्षको उमेरमा मुसर्रफको निधन भएको हो ।

एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा उपचाररत थिए ।

सन् १९४३ अगस्ट ११ मा दिल्लीमा जन्मिएका मुसर्रफले सेन्ट प्याट्रिक्स हाइ स्कुल कराँचीबाट अध्ययन सुरु गरेका थिए भने लाहोरस्थिति क्रिस्चियन कलेजबाट उच्च शिक्षा हासिल गरेका थिए ।

१९९९ मा रक्तपातविहीन सैनिक ‘कू’ गरेर सत्ता हत्याएका मुसर्रफलाई दुईवटा हत्याको अभियोगसमेत लागेको थियो ।

उनीमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरुको हत्याको अभियोग पाकिस्तानी अदालतमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ