माघ २० काठमाण्डौँ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले रुसले फेरी एक पटक ८० वर्ष अघिको नाजी जर्मनीको जस्तै अहिले फेरी जर्मनीको ट्यांकको सामना गर्ने समय आएको चेतावनी दिएका छन् ।
स्टालिनग्रादको ८० वर्ष अघिको युद्ध स्मारकको स्मृति दिवसका अवसरमा पुटिनले यस्तो चेतावनी दिएका हुन् ।
८० वर्ष अघि जर्मनीले रुसमाथि हमला गर्दा स्टालिनग्रादबाट जर्मन सेनालाई पछि लेखेटेर जर्मनी सम्म पुर्याईएको थियो । जसको नेतृत्वमा तात्कालिन रुसी राष्ट्रपति स्टालिनले नेतृत्व गरेका थिए ।
हालै जर्मनीले युक्रेनलाई लियोपार्ड २ ट्यांक दिने फैसला गरेपछि पुटिनले यो आक्रोश व्यक्त गरेका हुन् ।
ईतिहासले आफैलाई पुनरावृति गर्छ भन्दै पुटिनले अब फेरी त्यस्तै समय आउन सक्ने बताए ।
दोस्रो विश्व युद्धमा रुसी सेनाले स्टालिनग्रादको भीषण युद्धपछि ९१ हजार जर्मन सेनालाई कब्जा गरेपछि रुससँग पराजय स्वीकार गरी जर्मन पछि हटेको थियो ।