साफ् यु- २० च्याम्पियनसिपमा नेपालले बंगलादेशको सामना गर्दै

साफ् यु- २० च्याम्पियनसिपमा नेपालले बंगलादेशको सामना गर्दै

  • शुक्रबार, माघ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल शुक्रबारदेखि बंगलादेशमा सुरु हुँदैछ ।

बंगलादेशको ढाकास्थित मुस्तोफा कमल स्टेडियममा शुक्रबार हुने खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । अनुभवी प्रिती सिनियर राष्ट्रिय टोलीकी सदस्य समेत हुन् ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

यस अघि सिनियर टोलीको साफ्मा बंगलादेशले नेपाललाई हराएर उपाधी जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ