बेलायतमा सरकारविरुद्ध लाखौँ नागरिकद्धारा प्रदर्शन

बेलायतमा सरकारविरुद्ध लाखौँ नागरिकद्धारा प्रदर्शन

  • बिहिबार, माघ १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

१९ माघ, काठमाडौं । बेलायतमा प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध लाखौँ नागरिकले सडकमा प्रदर्शन गरेका छन् ।

बुधबार राजधानी लण्डनको सडकमा यो दशककै सबैभन्दा ठूलो प्रदरश्न भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

अधिकांश शिक्षक, निजामती कर्मचारी र रेल चालकहरू सहभागी आन्दोलनको प्रमुख माग तलब वृद्धि रहेको छ । साथै, प्रदर्शनकारीले मुद्रास्फिति नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन् ।

उनीहरूले कोरोना र त्यसपछि युक्रेन युद्धका कारण बढेको मुद्रास्फितिका जीवनशैली मुस्किल बनेको बताएका छन् । आन्दोलनमा सहभागी शिक्षकहरूले दैनिक १० घण्टा काम गरे पनि पास्ता खाएर दिन बिताउनुपर्ने अवस्था रहेको बताएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ