भारतले नेपाली भाषालाई विदेशी भाषा भनेपछि सिक्किमका हजारौँ नागरिक आन्दोलित

भारतले नेपाली भाषालाई विदेशी भाषा भनेपछि सिक्किमका हजारौँ नागरिक आन्दोलित

  • बिहिबार, माघ १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

माघ १९ काठमाण्डौँ । भारतको सर्वोच्च अदालतले एउटा मुद्दा सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिक्किममा नेपाली भाषी समुदाय आन्दोलित बनेका छन् ।

सिक्किमका ६ वटै जिल्लामा व्यापक प्रदर्शन चर्किएको छ । सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चा पनि सडक आन्दोलनमा उत्रिएको छ । प्रदर्शनकारीहरूले सर्वोच्च अदालतले सिंगो भारतीय नेपालीमाथि गरेको अपमानलाई तत्काल ‘सच्याउन’ सात दिने अल्टिमेटम दिएका छन् ।

‘विगतमा प्रायोजित समूहले नेपालीलाई विदेशीको लाञ्छना लगाउँदै आएका थिए,’ गोर्खा हित सर्वोपरि नामक दलका महासचिव केशव सापकोटाले सञ्चारकर्मीसँग भने, ‘सर्वोच्च अदालतले नै नेपालीहरु विदेशी हुन् भन्नु गम्भीर र संवेदनशील विषय हो ।’

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङका राजनीतिक सचिव जेकब खालिङ, हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भुटिया, सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष केबी राईलगायतले पनि सर्वोच्च अदालतको उक्त कदमको भ्रर्त्सना गरेका छन् । मुख्यमन्त्री प्रेमसिंह तामाङले सञ्चारमाध्यमसँग भनेका छन्,‘नेपालीलाई किन विदेशीको संज्ञा दिइयो भन्ने विषयमा सरकारले सर्वोच्च अदालतमा रिट दायर गर्नेछ ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ