अमेरीकामा प्रहरीद्धारा फेरी काला नागरिक निकोलसको पिटी पिटी हत्या !

अमेरीकामा प्रहरीद्धारा फेरी काला नागरिक निकोलसको पिटी पिटी हत्या !

  • शनिबार, माघ १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी माघ १४ । संसारभर मानवअधिकारको दुवाई दिने अमेरीकामा अस्वेत नागरिकमाथि प्रहरीले आपराधीक तरिकाले कुटेर फेरी एक काला नागरिकको हत्या गरेको छ । यस घटनाको संसारभरबाट बिरोध शुरु भएको छ ।

निकोलस टायरी नामका एक काला युवालाई पाँच जना प्रहरी अधिकारीले मेम्पिसमा सडकमै ४ मिनेट भित्रै कुटेर मारेको भिडियो सार्वजनिक भएको छ ।

प्रहरीले कुटपिट गर्दै गर्ला निकोलसले आफ्नो आमालाई पुकारी रहेका थिए । निकोल्सको हत्यापछि अमेरीकामा व्यापक प्रदर्शन चर्किएको छ ।

लापरवाहीपूर्ण तरिकाले गाडी कुदाएको भन्दै ट्राफिकले रोकेपछि निकोलसमाथि प्रहरील कुटपिट थालेको थियो ।
यद्यपि, उनले गाडी सही तरिकाले नै चलाएको प्रमाणि भएको थियो । त्यसका बाबजुद प्रहरीले कुटेर उनको हत्या गरिदियो । कुटपिटमा संलग्न प्रहरी अधिकारीहरुलाई हिरासतमा राखिएको छ ।

गत वर्ष काला नागरिक जर्ज फ्लोईडलाई पनि अमेरीकी प्रहरीले सडकमा घाँटीमा घुँडाले थिचेर हत्या गरेपछि संसारभर बिरोध चर्किएको थियो ।

अमेरीकामा पछिल्लो समय काला नागरिकमाथि प्रहरीले नै ज्यादती मच्चाएको आरोप छ भने एशियाली मुलका मान्छेहरु माथि लगातार हत्या हिंशा बढीरहेको छ । अमेरीकामा रहने लाखौँ एशियाली मुलका नागरिकहरुले असुरक्षित महसुस गर्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ