माघ १४ काठमाण्डौँ । पर्यटन मन्त्री सुदन किँरातीले मन्त्रालयमा आफूलाई भेट्न आउने आगन्तुकहरुलाई फुलको माला, खादा, लिएर आउनु भन्दा त्यसमा लाग्ने पैसा यो दान पेटिकामा सहयोग गर्न भन्दै पेटिका राखेका थिए । शपथ लिएकै दिन राखिएको पेटिकामा सात दिनमा लाखौँ रुपैया जम्मा भएको छ ।
बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बताएका छन् ।
यो रकम दुर्गम क्षेत्रका कुनै एक विद्यालयको छनौट गरेर छिट्टै हस्तान्तरण गर्ने पनि मन्त्री किँरातीले घोषणा गरेका छन् ।
माओवादी नेता किँराती भोजपुरबाट निर्वाचित भई पहिलो पटक मन्त्री बनेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline