जसिण्डाले छाडेपछि क्रिस बने न्युजील्याण्डका प्रधानमन्त्री

जसिण्डाले छाडेपछि क्रिस बने न्युजील्याण्डका प्रधानमन्त्री

  • बुधबार, माघ ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

एजेन्सी । न्युजिल्याण्डमा सत्तारुढ लेबर पार्टीका नेता क्रिस हिपकिन्स नयाँ प्रधानमन्त्री बनेका छन् ।

प्रधानमन्त्री ज्यासिण्डा आर्डनले गत हप्ता पदत्गाग गरेपछि लेबर पार्टीले हिपकिन्सलाई पार्टी नेता चयन गर्दै नयाँ प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । बेलायती राजा चार्ल्सका प्रतिनिधिको रुपमा रहेका गभर्नर समक्ष प्रधानमन्त्री हिपकिन्सले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण लिएका हुन् ।

कारमेल सेपुलोनीलाई उपप्रधानमन्त्रीमा नियुक्त गरिएको छ । सपथ ग्रहणपछि ४४ वर्षीय प्रधानमन्त्री हिपकिन्सले आफू अगाडिका चुनौतीका कारण निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ज्यासिण्डा अर्डनले परिवारलाई समय दिन नसकेको र चुनौतीहरु कारण थकित भएको भन्दै गत हप्ता स्वेच्छिक रुपमा पदत्यागको घोषणा गरेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ