अमेरीका र नाटोले युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्र र घातक टैंक दिने तयारी गरेपछि रुस आक्रोशित

अमेरीका र नाटोले युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्र र घातक टैंक दिने तयारी गरेपछि रुस आक्रोशित

नयाँ चरणको खतरनाक युद्ध हुने चेतावनी

  • शुक्रबार, माघ ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

माघ ६ एजेन्सी । रुस युक्रेन युद्धको करीब एक बर्ष पुग्नै लाग्दा अमेरीका , बेलायत र नेटो सदस्य केही देशले युक्रेनलाई घातक युद्धक टैंक र लामो दुरीको क्षेप्यास्त्र दिने तयारी गरेपछि रुसले कडा चेतावनी दिएको छ ।

पछिल्लो समय जनवरी १२ मा रणनीतिक महत्वको शहर सोलेडार रुसले कब्जा गरे लगत्तै अमेरीकी सेनापति पोल्याण्ड पुगेर युक्रेनका सेनापतिसँग वार्ता गरेका थिए । जर्मनी, बेलायत लगायत देशका रक्षा अधिकारीहरु पनि युक्रेन पुगेका थिए ।

त्यसपछि अमेरीकाले ब्राड्ली युद्धक टैंक ९० वटा दिने तयारी गरेको छ भने प्याट्रियोट मिसाईल दिईसकेको छ । जसलाई सञ्चालनका लागि युक्र्रेनी सेनालाई जर्मनीमा अमेरीकी सेनाले तालिम दिईरहेको छ ।

यसै गरी बेलायतले च्यालेन्जर २ ब्याटल टैंक युक्रेनलाई दिने घोषणा गरेको छ । यसै गरी जर्मनीमाथि पनि लियोपार्ड २ मुख्य ब्याटल ट्यांक दिन दबाब बढेको छ ।

अहिले सम्म युक्रेनले पश्चिमा हतियार, पैसा र विदेशी मर्सिनरिको सहयोगमा रुस बिरुद्धको युद्ध थेग्दै आएको छ ।

यसैबीच , पश्चिमा देशहरुले लामो दुरीका घातक हतियार दिएर रुसी भुभागमा हमलाका लागि उकासेको भन्दै रुसले कडा चेतावनी दिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले घातक हतियारको तैनाथी नेटोले गरे नयाँ चरणको खतरनाक युद्ध हुने चेतावनी दिएका छन् ।

पेस्कोवले यो हतियारको आपुर्ति भएर रुसी भुभागमा आतंकवादी हमला गराएमा नेटो युरोप र विश्वव्यापी रुपमा सुरक्षा खतरा पैदा हुने भन्दै त्यसको परिणाम भयावह हुने चेतावनी दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ