अमेरिकी विदेशमन्त्री चीन भ्रमणमा जाँदै

अमेरिकी विदेशमन्त्री चीन भ्रमणमा जाँदै

  • मङ्लबार, माघ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यही माघ २२ गते चीन भ्रमणमा जाने भएका छन् ।

दुईदिने उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको आणविक हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिक हुने समाचारपत्र पोलिटिकोले जनाएको छ ।

विदेशमन्त्रीले आफ्ना चिनियाँ समकक्षी छिन कङसँग भेटवार्ता गर्ने उहाँको भ्रमणसँग परिचित वासिङ्गटनस्थित कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै उक्त अखबारले जनाएको छ । यद्यपि अमेरिकी विदेश मन्त्रालय र चिनियाँ सरकारले भ्रमणसम्बन्धी विवरण जारी गरेका छैनन् ।

विदेशमन्त्री ब्लिन्केनको बेइजिङ भ्रमण गत नोभेम्बरमा इन्डोनेसियामा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको भेटवार्ता, त्यस क्रममा भएका समझदारीको कार्यान्वयनका निम्ति थप छलफल गर्ने नियमित एवम् निरन्तर कूटनीतिक अभ्यास हो । यो भ्रमणबाट तनावमा गुज्रिरहेको अमेरिका–चीन सम्बन्धलाई थप फलदायी बनाउन मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ