परीक्षा तालिका अनुसार माघ २ गते स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा हुने

परीक्षा तालिका अनुसार माघ २ गते स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा हुने

  • आइतवार, माघ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ, १ माघ  ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले माघ २ गते शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने जनाएको छ । त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा भोलि माघ २ गते नरोकिने बताउनु भएको छ ।

उहाँले आज सूचना जारी गर्दै माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिएपनि मानविकि सङ्कायद्धारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी