युक्रेनमा रुसको भीषण हमलाः उर्जा संयन्त्रमा ठूलो क्षति , १४ जनाको मृत्यु

युक्रेनमा रुसको भीषण हमलाः उर्जा संयन्त्रमा ठूलो क्षति , १४ जनाको मृत्यु

  • आइतवार, माघ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी माघ १ । राष्ट्रपति पुटिनले युक्रेन मिसनमा नयाँ कमाण्डर तोके लगत्तै युक्रेनको दर्जनौँ शहरमा भीषण हमला गरेको छ । राजधानी किभ सहित दर्जनौँ शहरमा रुसले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरेको छ ।

डिनप्रो लगायतका शहरमा रुसी हमलामा अपार्टमेन्ट भवन क्षतिग्रस्त हुँदा १४ जना मानिसको मृत्यु भएको र अन्य दर्जनौ घाईते भएको अधिकारीहरुले जनाएका छन् ।

रुसले सोलेडार कब्जा गरे लगत्तै क्षेप्यास्त्रको बर्षात गराएको हो । धेरै जसो क्षेप्यास्त्र एयर डिफेन्स सिस्टम मार्फत खसालिएको युक्रेनी सैन्य अधिकारीहरुले जनाएका छन् ।
यस हमलामा थुप्रै उर्जा संयन्त्रमा क्षति पुगेको र बिद्युत आपुर्तिमा कठिनाई भएको युक्रेनी मन्त्रीले उल्लेख गरेका छन् ।

ग्राउण्डमा जेपोरेजिया, डोनेस्कको बखमुट, खारकिभ, मरिन्का लगायतका शहरमा रुसी सेनाले व्यापक आक्रमण जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ