युक्रेनको नुनखानी रहेको सोलेडार पूर्ण रुपमा कब्जा गरेको रुसको घोषणा

युक्रेनको नुनखानी रहेको सोलेडार पूर्ण रुपमा कब्जा गरेको रुसको घोषणा

  • शुक्रबार, पुस २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

पुष २९ काठमाण्डौँ । युक्रेनको सोलेडार शहर पूर्ण रुपमा नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ ।

ठूलो नुनखानी र करीब ३ सय किलो मिटर बिशाल सुरुङ रहेको यो शहर रणनीतिक रुपले अन्य काउन्टर अफेन्सका लागि सहज हुने रुसी सेनाका अधिकारीहरुले बताएका छन् ।

युद्ध शुरु हुनु अघि १० हजार जनसंख्या रहेको यो शहरको उत्तर र दक्षिणतिर नाकाबन्दी गरिएको छ ।

रुसको बागनर ग्रुपको अगुवाईमा यो शहर कब्जामा आएको हो । यो शहर पछि अब केही दिनमा रुसले बखमुट पनि नियन्त्रणमा लिन सक्ने अनुमान गरिएको छ ।

यस शहरमा विदेशी लडाकु सहित हजारौँ युक्रेनी सेनाको मृत्यु भएको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ