सन्दीपका दाजुले बुझाए २० लाख धरौटी, अब छुट्ने तयारीमा सन्दीप

सन्दीपका दाजुले बुझाए २० लाख धरौटी, अब छुट्ने तयारीमा सन्दीप

  • शुक्रबार, पुस २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

पुष २९ काठमाण्डौँ । उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएका क्रिकेटर सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन्।

सन्दीपका दाजु मोहन लामिछाने शुक्रबार आज २० लाख रुपैयाँ लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन्।

धरौटी जम्मा गरेसँगै सन्दीप आजै छुट्ने भएका छन्। अब अदालतले केन्द्रीय कारागार सुनधरामा सन्दीपलाई रिहा गर्न पत्र पठाएपछि उनी त्याहाँबाट थुनामुक्त हुनेछन् ।

त्यसपछि सन्दीपलाई तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ।

जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई कात्तिक १८ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो।

यसपछि पनि लामिछाने विदेश जान पाउने छैनन् भने पीडित किशोरीसँग सम्पर्क गर्न पाउने छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ