पुष २८ काठमाण्डौं । जबरजस्तीकरणी मुद्धामा जेलमा रहेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्। उaच्च अदालत पाटनले बिहीबार राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको हो।
उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।
उनी २० लाख धरौटी राखेर भोली जेलमुक्त हुनेछन् । तर उनलाई देश छाड्न भने रोक लगाईएको छ ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।
जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। त्यही बेला पक्राउ गरी प्रहरीले हिरासतमा राखेको थियो । पछि अदालतको आदेशमा उनी पुर्पक्षका लागि थुनामा गएका थिए ।