पुष २७ एजेन्सी । रुसी सेनाले लामो युद्धपद्धि युक्रेनको सोलेडार शहर कब्जा गरेको छ । क्रेमलिनको प्राईभेट आर्मीका रुपमा चिनिएको वागनर ग्रुपले सोलेडार शहरको ३ सय किलो मिटर सुरुङ, प्रशासनिक भवन सहित अधिकांश ईलाका नियन्त्रणमा लिएको जनाएको छ ।
१० हजार जनसंख्या रहेको सोलेडार डोनबासको महत्वपूर्ण रणनीतिक महत्वको क्षेत्र मानिन्छ । लामो संघर्षमा सोलेडार बचाउन जेलेन्सकीले अन्य क्षेत्रबाट समेत सेना र पश्चिमा हतियारहरु तैनाथ गरेपछि शहरको रक्षा गर्न असफल भएका हुन् ।
सोलेडार बखमुटबाट १५ किलो मिटर मात्रै दुरीमा छ । यो जीत पछि रुसी सेनाले बखमुट पनि चाँडै नियन्त्रणमा लिन सक्ने अनुमान गर्न थालिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline