कञ्चनपुरका स्थानीय सरकार छाडा पशु चौपाया व्यवस्थापनका नाममा भ्रष्टाचारमा लिप्त

कञ्चनपुरका स्थानीय सरकार छाडा पशु चौपाया व्यवस्थापनका नाममा भ्रष्टाचारमा लिप्त

  • शुक्रबार, पुस २२, २०७९
  • डम्मर दत्त भट्ट

  • 7.9K
    SHARES

कञ्चनपुर, २२ पुष ।  कञ्चनपुरका स्थानीय सरकारले छाडा पशु चौपाया व्यवस्थापनमा करोडौँ रकम खर्च गर्दा समेत समस्या समाधान भएको छैन । अधिल्लो स्थानीय सरकारले ५ बर्ष र अहिलेको नयाँ सरकारले ६ महिनाको अवधिमा झण्डै ४ करोड बढि खर्च गरिहेका हुन ।

आर्थिक बर्ष २०७४-०७५ देखि चालु आर्थिक बर्ष ०७९-०८० पुष दोस्रो साताम्ममा सात पालिकाले ४ करोड २१ लाख २७ हजार रुपैया छाडा पशु चौपाया व्यवस्थापनका नाममा खर्च गरिसकेका छन । तर, छाडा पशुको समस्या हटेको छैन । राजमार्ग, किसानका घरखेतमा छाडा पशु चौपायाको बिगबिगी नै छ । एकातिर सडक दुर्घटनाले मानिसले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता अर्कातिर अन्नबाली सखाप गरिदिदा किसान मारमा पर्दै आएका छन ।
जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका बाहेक बाँकी सात स्थानीय सरकारले साढे पाँच बर्षको अवधिमा ठुलो धनराशी खर्च गरेपनि प्रभावकारी उचित व्यवस्थापन नहुँदा किसान हैरान भएका छन । सबैभन्दा बढि शुक्लाफाँटा नगरपालिकाले १ करोड, ८० लाख र सबैभन्दा कम लालझाडी गाँउपालिकाले ८ लाख खर्च गरेको छ । दोधाराचाँदनी नगरपालिकाले ८५ लाख, ७७ हजार, भीमदत्त नगरपालिले ९१ लाख ५० हजार, बेदकोट नगरपालिले १ करोड, २१ लाख , कृष्णपुर नगरपालिकाले २२ लाख बेलडाँडी गाँउपालिकाले २८ लाख खर्च गरिसकेका छन ।
यत्रो ठुलो धनराशी खर्च गर्दा समेत समस्या उस्तै रहेपछि बेलाबेलामा स्थानीय आन्दोलित हुने गरेका छन । गत मंसिरमा बेदकोट नगरका स्थानीय आन्दोलित भएका थिए । करोडौँ रकम खर्च हुने तर, समस्या समाधान नहुने प्रवृतिले कतै संस्थागत भ्रष्टाचार बढिरहेको भन्दै स्थानीयले जवाफ मागिरहेका छन । पशु आहारा, संरचना निर्माणदेखिका कार्यमा अपारदर्शी ढङगबाट खर्च भईरहेको, र खर्च भएरपनि समस्या समाधान नभएको भन्दै स्थानीयले छाडा पशु चौपाया व्यवस्थापनका नाममा भएको भ्रष्टाचारको छानबिनको माग समेत गरिरहेका छन । दोधराचाँदनीका स्थानीय रामरनी लुहारले नगरपालिकाले छाडा पशु चौपायाको नाममा लाखौँ खर्च गरेपनि नगरपालिकामा समस्या उस्तै हरेको बताए । ‘स्थानीय सरकारले भन्छ, हामीले छाडा पशु चौपाया व्यवस्थापन गरिसके, तर हाम्रो खेतमा रातभरी छाडा पशु चौपाया आएर धपाउन हामी आग्रम बस्नुपर्ने बाध्यता छ ।’ भीमदत्त नगरका स्थानीय पदम कार्कीले नगरपालिकाले छाडा पशु चौपायाका नामा खर्च गरेर भ्रष्टाचार गरेको आरोप लगाए । ‘छाडा पशु चौपाया व्यवस्थापन गछौँ भन्दै बागफाटा गाँउमा लाखौँ रकम लगाएर खोर निर्माण गरियो, ‘उनले भने, ‘अहिले त्यहाँ न खोर छ, न पशु छन ।’

बेदकोटका स्थानीय किसान चन्द्र कलौनीले नगरपालिकाले ६ बर्षको अवधिमा करोडौँ रकम खर्चिदा समेत समस्या उस्तै रहेको बताए । ‘नगरपालिकाले एकातिर करोडौँ रकम खर्चिएको छ, ‘उनले भने, ‘राजमार्ग र किसानका खेतबारीमा अझैपनि समस्या उस्तैछ, यत्रो रकम कहाँ गयो ।’
शुक्लाफाँटा नगरका स्थानीय रमेश सिहले छाडा पशु चौपाया व्यवस्थापनका नाममा बजेट दोहन मात्रै भएको आरोप लगाए । ‘यस पालिकाले छाडा पशु चौपाया व्यवस्थापन गरेको छु भन्छ, तर राजमार्ग र किसानका खेतमा पशु चौपायामा अन्नबाली र सडक दुर्घटना गराईरहेको छ, ‘उनले भने, ‘हामी छाडा पशु चौपायाबाट आक्र्रान्त छौँ ।’ विश्व हिन्दु गौरक्षा अभियानका संयोजक चक्र्रदेव जोशीले छाडा पशु चौपाया व्यवस्थापनका नाममा स्थानीय सरकारका पदाधिकारी चुनाव खर्च उठाउनेदेखि कार्यकर्ता व्यवस्थापन गरेको आरोप लगाएका छन । ‘कञ्चनपुरमै यत्रो करोडौँ रकम खर्चिका छन, न पशु चौपाया व्यवस्थापन भए, न समस्या समाधान भएको छ, ‘उनले भने, ‘यो त दुई चार पशु एक खोरमा देखाएर रकम कुम्ल्याउने काम मात्रै भयो ।’ भ्रष्टाचार रोकथामका लागि रहेको अख्तियारले पनि यस्तो खुलेयाम भ्रष्टाचार नदेखेको उनको गुनासो छ । कुनैपनि कामका लागि रकम खर्च हुने तर, खर्च अनुरुप योजना पनि प्रभावकारी हुनुपर्ने उनको भनाई छ ।

छाडा पशु नभई पशुका नाममा करोडौँ रकम कुम्ल्याउने समुह छाडा भएको जोशीको सुझाव छ । ‘हामीले पनि विश्व गौरक्षा अभियानबाट कञ्चनपुर, कैलाली सहित सुदूरका पालिका, प्रदेश सरकारलाई यस विषयमा अवगत गराउँछौँ, ‘उनले भने, ‘छाडिएका सामुदायिक पशु गाई माताको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउँछौँ ।’

स्थानीय सरकारले बनाएका कान्जी हाउस समेत पशु चौपायाको बेहाल भएको छ । दैनिक रोगभोकले पशु चौपाया मरिरहेका छन । बेलडाँडी गाँउपालिकाले ५ झिलमिलामा गरेको गाईगोरु व्यवस्थापन केन्द्रमा दैनिक १÷२ पशु मरिरहेका छन । पशु व्यवस्थापन केन्द्रका अध्यक्ष देव बहादुर खडकाले रोग र चिसोले पशुमर्नेक्रम नरोकिएको बताए । उच्च अदालत महेन्द्रनगर दिपायल इजलासले छाडा पशु चौपाया व्यवस्थापन गर्न परमादेश जारी गरेपनि स्थानीय सरकारले अदालतको आदेश टेरनटेर गरेका छन ।

अधिवक्ता गजेन्द्र बहादुर रावलले दायर गरेको रिटमा ०७५ माघमा छाडा पशु चौपाया व्यवस्थापन गर्न भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका सहित वडा, सरकारी कार्यालय गरी २२ निकायका नाममा परमादेश जारी गरेको थियो । कञ्चनपुरका स्थानीय सरकारले क्रमिक रुपमा छाडा पशु चौपाया व्यवस्थापन भईरहेको बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी