पुष २१ गण्डकी । भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा चर्च ब्वाइज युनाईटेडलाई सेमिफाइनल खेलमा हराउँदै बीवाईएसी फाइनल पुगेको हो ।
बीवाईएसीको जितमा रोजिन प्रजापतिले गोल गरे । उनले पहिलो हाफको खेलमा थपिएको ३ मिनेटको इन्जुरी समयमा गोल गरे । प्रवीण बस्नेतको प्रहार गोलरक्षकले बचाएपछि फर्किएको बलमा हेडर गर्दै प्रजापतिले गोल गरेका थिए ।
बीवाईएसीले चर्चलाई हराउँदै संकटा क्लबसँग फाइनल खेल्ने भएको छ । संकटा पहिलो सेमिफाइनलको खेलमा विभागीय टोली नेपाल एपीएफलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
भुटानी युथ स्पोर्टस् बीवाईएसीको प्रतियोगितामा यो दोस्रो सहभागिता हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline