पुष २१ एजेन्सी । युक्रेनमा युद्ध जारी रहेको र पश्चिमा देशहरुसँग सम्बन्ध तनावग्रस्त रहेका बेला रुसी राष्ट्रपति भ्लादीमीर पुटिनको आदेशमा रुसी सेनाले अत्याधुनिक हाईपरसोनिक मिसाईल सिस्टम जिरकनसहितको युद्धपोतलाई कम्ब्याट ड्युटीमा खटाएको छ ।
एडमिरल गोरस्कोभ नामक युद्धपोतलाई अहिले एटलान्टिक महासागर र हिन्द महासागरमा पठाईएको छ ।
पुटिनले यसलाई अद्धितीय हतियारको संज्ञा दिएका छन् । जिरकन मिसाईल विश्वका कुनै पनि अत्याधुनिक राडारको पकडमा आउने छैन । यो हतियारले रुसमाथि बढीरहेको बैदेशिक सुरक्षा चूनौतीलाई निस्तेज पार्ने र रुसको रक्षा गर्ने पुटिनले बताएका छन् ।
पुटिन यस अभियानको उद्घाटनमा भिडियो कन्फेरेन्स मार्फत सहभागी भएका थिए । यस कार्यक्रममा रुसका रक्षा मन्त्री सरगेई सुगोउ र अन्य सैन्य अधिकारीहरु संलग्न थिए ।
युक्रेनले माकियाभाकामा ८९ रुसी सेनाको ज्यान जाने गरी आक्रमण गरेको भोली पल्ट रुसले यो हतियार तैनाथ गरेको हो ।