पुष १४ एजेन्सी । रुसले युक्रेनमा एक पटक फेरी भीषण हमला गरेको छ । रुसी सेनाले आज एकै दिन किभ सहित युक्रेनका सात मुख्य शहरमा १२० क्षेप्यास्त्र हानेको छ । युक्रेनी सेनाले धेरै जसो क्षेप्यास्त्र आकाशमै नष्ट गरिएको दावी गरेको छ ।
हमलाका कारण राजधानी किभ, लिव सहित विभिन्न शहरमा उर्जा संयन्त्रमा क्षति पुग्दा बिद्युत संकट बढेको छ । साथै हमलामा सैन्य संरचनाहरुमा समेत क्षति पुगेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
हमलाको अवधिमा नागरिकहरुलार्इृ बंकरमा राखिएको युक्रेनले जनाएको छ ।
यो हमला युक्रेनले रुसी सैन्य अड्डामा ड्रोन हमला गरेको बदलामा गरेको अनुमान गरिएको छ ।
युक्रेनी हमलामा ३ रुसी सेना मारिएका थिए ।
अमेरीकी अखबारहरुले रुसले पहिला कामीकाजी ड्रोन पठाउने र युक्रेनको एयर डिफेन्स सिस्टम त्यसलाई ध्वस्त पार्न लाग्दा क्रुज मिसाईल हान्ने गरेको दावी गरेका छन् ।
१० महिना देखि रुसले युक्रेनमा आक्रमण जारी राखेको छ । अमेरीका र नेटोको हतियार र पैसाको भरमा युक्रेन लडिरहेको छ ।